एजेन्सी । अफगानिस्तानको राजधानीमा शुक्रबार परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका जनाइएको छ । आक्रमणमा घाइते भएका एक विद्यार्थीले एएफपीलाई बताएका छन् ।
‘हामी कक्षाकोठामा करिब ६०० जना थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका थिए ’ एक पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालमा बताएका छन् ।