Logo
Logo

निर्वाचन आयोगमा ‘प्रेस अफिस’ स्थापना


252
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि शुक्रबारदेखि ‘प्रेस अफिस’ स्थापना गरी सञ्चालनमा ल्याएको छ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन आफ्ना सूचना तथा सन्देशहरू आम मतदाता, उम्मेदवार, राजनीतिक दललगायतका सरोकारवालासमक्ष प्रभावकारी रुपमा पुर्‍याउनका लागि सञ्चार माध्यमसँग सहकार्य गरी आयोगको कार्यालयमा उक्त अफिस सञ्चालनमा ल्याएको आयोगले जानकारी दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एक कार्यक्रमकाबीच शुक्रबार उक्त कार्यालयको उद्‌घाटन गरे। आयुक्त थपलियाले आयोगका गतिविधि र सूचनालाई तत्काल र सहीरुपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताए।

सञ्चारमाध्यमहरुले स्वनियमन र स्वनियन्त्रणको मान्यतालाई ध्यान दिएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्षरुपमा सम्पन्न गर्न सघाउन आग्रह थपलियाले अनुरोध गरे।

उनले भने, ‘मिडियाले खोज्ने निर्वाचनसँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट प्रभावकारी ढंगले प्रवाह गर्न प्रेस अफिस सञ्चालनमा ल्याइएको हो। यसका अलवा प्रेस अफिसबाट आम नागरिकले बुझ्ने सरल भाषामा मतदाता शिक्षाका सामग्रीहरू पनि उत्पादन गरी सम्प्रेषण हुनेछन्।’

प्रतिक्रिया दिनुहोस्