एजेन्सी । भारतको उत्तर प्रदेशको नोएडाको सेक्टर ३ मा रहेको कल सेन्टरमा शुक्रबार आगलागी भएको छ । सो अगलागीमा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।
प्रमुख अग्नि नियन्त्रकका अनुसार नोएडाको एक भवनमा बिहान ७.४५ बजे आगलागी भएको थियो र समयमै घटनास्थलमा पुगेका थुप्रै दमकलहरूले फसेका मानिसहरूलाई उद्धार गर्न सफल भएका थिए ।
कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील कुमार सिंहले आगलागीमा परेका करिब पाँच जनालाई पछि सकुशल उद्धार गरिएको र सो क्षेत्रलाई तुरुन्तै धुवामुक्त गरिएको थियो जसबाट सम्भावित ठुलो क्षति भने हुन पाएन ।
आगलागीको कारण भने खुल्न सकेको छैन ।