Logo
Logo

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ घाइते


693
Shares

सल्यान । सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रा १ ज ७९८ नम्बरको उक्त जीप डुमकोटबाट शारदा नगरपालिका–११ खैरसाबाङ मन्दिरतर्फ जाँदै गरेको अबस्थामा आज बिहान दुर्घटना हुँदा १७ जना घाइते भएको प्रहरीले जानकारी दिए ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीया मान बहादुर पुन र १४ वर्षीया एनका पुनको मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते १७ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा लाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्