Logo
Logo

रिन्जी बनिन् विश्वकै कान्छाे आरोही


1.8k
Shares

काठमाडौं । संखुवासभाकी १६ वर्षीया निमा रिन्जी शेर्पा विश्वकै कम उमेरकी आरोही बनेकी छन् । रिन्जीले शुक्रबार बिहान ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका हुन् ।

शेर्पाले शुक्रबार बिहान ९ बजेर २० मिनेटमा मनास्लु हिमालको शिखरमा पाइला टेकेर विश्वकै कान्छा आरोही बनेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको हो ।

रिन्जीसँगै सेभेन समिट टोलीका जापानी नाओको वातानाबे, इरानी अहमद एम सालेह र नेपाली तेन्जिङ शेर्पा, पेम्बा थिन्दुक शेर्पा, मनिष महर्जन, नुरबु शेर्पा र लाक्पा शेर्पासँग उनले मनास्लुको आरोहण गरेका थिए ।

निमा रिन्जीको बुबा टासी लाक्पा शेर्पा कीर्तिमानी आरोही तथा सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी, १४ पिक्स एक्सपिडिसनको सञ्चालक हुन् । सानै उमेरदेखि टाशीले नै निमालाई व्यवसायिक आरोहणसम्बन्धी तालिम दिएका थिए ।

निमालाई आफ्ना वुवा टाशीले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको बताउँदै विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहणको योजना समेत रहेको खुलाए ।

प्रतिक्रिया दिनुहोस्