Logo
Logo

देउवाको प्रश्न- माओवादीले मलाई मार्न गोली हान्या होइन ?


13.7k
Shares

काठमाडौं । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा दाँयाबाँया नहुने दावी गरेका । शनिबार कांग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्तासंगको भेटघाटमा उनीहरुलाई देउवाले प्रचारमा गाउँ नगए पनि हुने बताएका हुन् ।

फाइल फोटो

उक्त भेटघाटमा कार्यकर्ताले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरेपछि देउवाले भने, ‘गठबन्धनमा दाँयाबाँया हुँदैन । तपाईहरुले के भन्न खोजेको ? तपाईहरु प्रचारमा गाउँ नगए पनि हुन्छ । बस्नुस् यतै ! काठमाडौंमा । म चुनाव हार्दा के हुन्छ । हारौंला खगराज पनि हार्लान् ।”

कार्यकर्ताले माओवादीलाई भोट दिन नसक्ने बताएपछि देउवाले भने, ‘मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन । माओवादीले मलाई मार्न गोली हान्या होइन ? हामी मिलेका छौं त, तपाईँहरु पनि मिल्नुस् । राजनीतिमा सधैं एकैनास हुँदैन ।’

खगराज भट्ट प्रदेशमा उमेदवार बने पनि कांग्रेसभित्रकै विवादले देउवाका लागि चुनौती थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्