Logo
Logo

दशैँको शुभकामना दिँदै रामचन्द्रले भने- चुनावी एजेण्डा सविधान जोगाउने हो


2.4k
Shares

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् ।

विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताए । देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको समेत उनले बताए ।

‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो । मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतीको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौ’, पौडेलले भिडियो सन्देशमा भनेका छन् ।

नेपाललाई सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूती भइरहेको वरिष्ठ नेता पौडेलले बताए । उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहीत गर्न जरुरी रहेको उल्लेख गरे ।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । पौडेलले नेपालको उन्नतीको बाटोलाई अगाडि बढाउदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षामता र नैतिक शक्तिको आवश्यकता हुने बताए ।

प्रतिक्रिया दिनुहोस्