Logo
Logo

लोसपाले तालमेलका लागि एमालेसँग अन्तिम प्रयास गर्ने


2.3k
Shares

काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच चुनावी तालमेल हुने सम्भावना कम हुँदै गएको छ । एमालेले चुनावी तालमेल गर्ने विषयलाई चासो नदिएको लोसपाको भनाइ छ ।

यसअघि एमालेसँग चुनावी तालमेल गर्न लोसपाले वार्ता समिति नै बनाएकोृ थियो । तर, वार्ता समिति र एमालेको शीर्ष नेताबीच तालमेलबारे भएको दुई तीनसम्म चलेको छलफल निष्कर्षविहीन भएको छ । वार्ता समितिसँग कुरा नमिलेपछि अब दुई पार्टीका अध्यक्षबीच नै छलफलमा जुटेका छन् ।

लोसपाका एक नेताका अनुसार चुनावी गठबन्धनको विषय टुंग्याउन एमालेका अध्यक्ष केपी शर्मा ओली र महन्थ ठाकुरबीच आईतबार छलफल भएको छ । तर, अध्यक्षबीच पनि अहिलेसम्म सहमति भएको छैन । त्यसैले अब अन्तिम पटक एमालेसँग चुनावी तालमेलबारे लोसपाले छलफल गर्ने भएको छ । ती लोसपा नेताका अनुसार एमाले र लोसपाबीच गठबन्धन हुने कि नहुने विषयमा अध्यक्ष ठाकुरले ओलीसँग अन्तिम छलफल गर्ने भएका छन् ।

मधेसमा शीर्ष नेताहरूले नै पार्टीमा प्रवेश गर्न थालेपछि एमालेले चुनावी गठबन्धनका लागि त्यति चासो नदेखाएको ती नेताको भनाइ छ । लोसपाले मधेसमा १९ सिट माग गरेको छ । तर, त्यसबारे एमालेले सहमति जनाएको छैन । एमालेले लोसपालाई १० सिटमात्र दिन चाहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्