Logo
Logo

खोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता


693
Shares

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकामा बाबु–छोरा बेपत्ता भएका छन् । खाँदबारी नगरपालिका-९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका ४० वर्षीय तारानाथ काफ्ले र उनका १५ वर्षीया छोरा सनम बेपत्ता भएका हुन् ।

उनीहरु सोमबार दिउँसो आफ्नो गाडी लिएर खोलामा नुहाउन गएका थिए । तर सोमबार रातिसम्म पनि बाबु–छोरा घर नफर्किएपछि परिवारका सदस्यले खोजीका लागि प्रहरीकहाँ खबर गरेका थिए ।

बेपत्ता भएका बाबु छोराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले बताए । बेपत्ता भएका काफ्लेका बाबु–छोराले लिएर गएको गाडी, उनीहरुका कपडा, जुत्ता, मोबाइल र साबुनलगायतका सामग्री खोला किनारमा भेटिएको गोदारले जानकारी दिए ।

बेपत्ताको खोजी गर्न दुई प्रहरी निरीक्षकको नेतृत्वमा विभिन्न स्थानमा प्रहरी टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्