Logo
Logo

सन्दीपलाई कुर्दै प्रहरी, विमानले आकाशमा फन्को मार्दै


2.6k
Shares

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आउने खबरले उनलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गर्न नेपाल प्रहरी तैनाथ भएको छ ।

सन्दीपले नै आज १० बजे नेपाल आइपुग्ने बताएका थिए । अहिले विमानस्थलमा प्रहरीले उनलाई कुरिरहेका छन् । नेपाल प्रहरीको भ्यानसहित प्रहरी अधिकारीहरु सन्दीपलाई पक्राउ गर्न विमानस्थलमा तैनाथ छन् ।

तर, सन्दीप सवार कतार एयरवेजको विमान भने १० बजिसक्दा पनि ल्याण्ड भएको छैन । निरन्तरको वर्षाले सन्दीप लामिछाने चढेको विमान काठमाडौं अवतरण हुन सकेको छैन् ।

वर्षाको कारण ९ बजेर ४६ मिनेटमा काठमाडौं अवतरण गर्नुपर्ने कतार एअरवेजको क्यूआर ६४८ नम्बरको विमान अवतरण हुन नसकेको हो । विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को लगाएर बसेको छ ।

सन्दीपले फेसबुकमार्फत आज १० बजे कतार एअरवेजको विमानबाट नेपाल आइपुगेर प्रहरीसमक्ष आत्मसमपर्ण गर्ने बताएका थिए । सोहीअनुसार विमानस्थलमा प्रहरीको टोली पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्