Logo
Logo

सन्दीप लामिछानेलाई विमानस्थलबाटै नियन्त्रण


2.8k
Shares

काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ ।

सन्दीपले आज बिहान १० बजे नेपाल आइपुग्ने बताएपछि उनलाई पक्राउ गर्न विमानस्थलमा प्रहरी तैनाथ भएका थिए । उनलाई प्रहरीले हतकडी लगाएर गौसला प्रहरीमा ल्याइएको छ ।

प्रहरीले पक्राऊ पूर्जी जारी गरेपछि सन्दीप केन्याबाट व्यवसायिक क्रिकेट खेलका लागि वेष्ट इण्डिजतर्फ लागेका थिए। लामिछाने आज बिहान १० बजे कतार एयरवेजबाट काठमाडौं आइपुगेका हुन्।

युवतीले प्रहरीसमक्ष दिएको जाहेरीमा सन्दीपले केन्या उड्नु अघिल्लो रात होटलमा बोलाएर जबरजस्ती करणी गरेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्