Logo
Logo
आमनिर्वाचन–२०७९

मनोनयन दर्ता गर्ने दिन आइसक्यो, अन्योलमै गठबन्धन


22.6k
Shares

काठमाडौं । निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २३ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयन पत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ ।

मनोनयनको समय आउन अब तीन दिन (आजसहित) मात्र बाँकी रहँदा पनि राजनीतिक दलले उम्मेदवारको नाम टुङ्गो लगाउन सकेका छैनन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अधिकांश क्षेत्रका लागि उम्मेदवार टुङ्गो लगाइसके पनि सत्तारुढ गठबन्धनले अझै सिट बाँडफाँट टुङ्ग्याउन सकेको छैन । निर्वाचनको मिति घोषणा हुनु अगाडि देखिनै आन्तरिक छलफलमा रहेको गठबन्धनले अझै बाँडफाँट टुङ्ग्याउन नसकेको हो ।

गठबन्धनमा आवद्ध पाँचै दलले धेरै संख्या दाबी गर्दा गठबन्धनभित्र सिट बाँडफाँट अझै अन्योलमा परेको हो । सबै दल आफ्नो दाबीबाट पछि हट्ने अवस्थामा छैनन् ।

गठबन्धन आवद्ध दलहरूबीच अझै पनि सिट बाँडफाँटमा अन्योलता कायमै रहँदा तिनका उम्मेदवारले भोट माग्ने वातावरण बन्न सकेको छैन । अन्य राजनीतिक दलका नेता कार्यकर्ताले भने दशैँको छेक पारेर उम्मेदवारसहित भोट माग्न थालिसकेका छन् ।

गठबन्धनभित्र बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि यस्तै समस्या भएको थियो । अन्तिम अवस्थामा गरिएको भागबन्डामा नेता कार्यकर्ताले चित्त नबुझाएका कारण धेरै स्थानीय तहमा गठबन्धन हुन सकेको थिएन ।

स्थानीय तह निर्वाचनमा गठबन्धन राम्रो हुन नसकेको निष्कर्ष निकालेका गठबन्धन आवद्ध दलहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उस्तै परिस्थितिको सामना गर्नुपर्ने अवस्था आएको नेताहरू बताउँछन् ।

दशैँको समेत प्रवाह नगरी छलफलमा जुटेको गठबन्धनले आज र भोलि भित्रमा बाँडफाँट टुङ्ग्याउने भनेको  छ । तर, छलफल भने अझै पनि कुन दलले कति सिट लिने भन्नेमै अड्केको छ । 

प्रतिक्रिया दिनुहोस्