Logo
Logo

भारतमा उत्पादित खोकीको औषधिबाट ६६ बालबालिकाको मृत्यु, डब्लूएचओद्वारा उत्पादन रोक्ने चेतावनी


441
Shares

काठमाडौं । भारतको उत्पादित खोकीको औषधि खाएर अफ्रिकी देश गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले उक्त औषधि उत्पादनमा रोक लगाउने चेतावनी दिएको छ ।

भारतको हरियाणास्थित एक उत्पादित उत्पादित खोकीको औषधि ‘कफ एन्ड कोल्ड सिरप’ सेवनपछि गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएकामा त्यसलाई लिएर डब्लूएचओले यस्तो चेतावनी जारी गरेको बीबीसीले जनाएको छ ।

डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेससले भनेका छन्, ‘डब्लुएचओले गाम्बियामा फेला परेको चार किसिमका कफ सिरप औषधिलाई लिएर चेतावनी जारी गरेको छ । यो औषधि खाएपछि मिर्गौलामा समस्या देखिनुका साथै ६६ जना बालबालिकाको मृत्यु भएको छ । यो अत्यन्त दुखद घटना हो ।’

यी चार किसिमका खोकीका औषधि भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो । उक्त घटनासँगै डब्लुएचओ र भारतीय औषधि नियमन संस्थाले उक्त कम्पनीमाथि छानबिन गरिरहेको बिबिसीले उल्लेख गरेको छ ।

डब्लुएचओले अन्य मुलुकलाई पनि भारतबाट आयातीत कफ सिरप औषधि जाँच गरेर प्रयोगबाट हटाउन सल्लाह दिएको छ । भारतीय कम्पनीले यी औषधिको सुरक्षाको ग्यारेन्टी पनि नदिएको डब्लुएचओले दाबी गरेको छ ।

डब्लुएचओले शंकास्पद औषधिहरूका रुपमा प्रोमिथाजाइन ओरल सोलुसन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकआफ बेबी कफ सिरप र मैगरिप एन्ड कोल्ड सिरपको नाम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्