Logo
Logo

धारिलो हतियार प्रहार गरी बाबुले गरे छोराको हत्या


882
Shares

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका-९ मा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या भएको छ ।

पाख्रिवास-९ का ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी ३० वर्षीय छोरा सन्तोषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।

शुक्रबार बिहान साढे ८ बजे घरमा घरायसी विवादमा हतियार प्रहार गर्दा सन्तोषको मृत्यु भएको प्रहरीले जनाइएको छ। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्