Logo
Logo

जसपालाई लक्षित गर्दै प्रचण्डले भने- लोकतन्त्र बिरोधीले गठबन्धन भत्काउने षडयन्त्र गरे


11.6k
Shares

काठमाडौं । सत्तारुढ दल नेकाप (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमा आम नेपाली जनताको मतको सम्मान गर्दै बनेको टिप्पणी गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्ने बताएका छन् ।

‘गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो । केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतंत्र , संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ’, प्रचण्डले भनेका छन् ।

उनले लेखेका छन्, ‘गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमा आम नेपाली जनताको मतको सम्मान गर्दै बनेको हो । सत्ता या अरु लाभहानी खोज्न चाहना राखेको भए दुई-दुई पटक संविधानमाथि प्रहार भएको परिस्थितिमा गठबन्धनका दलहरुले एमालेसँग मिलेर सत्तालाभ लिन सक्थे । तर लोकतन्त्रप्रतिको निष्ठाका कारण गठबन्धनका दलहरु जिम्मेवार बने र संविधानको रक्षा गर्दै स्वभाविक प्रकृतिको निर्वाचनसम्म हामी पुगेका हौ । त्यसैले अहिले प्रतिगमनकारी, संघीय लोकतन्त्र बिरोधी शक्तिहरु सीट बाँडफाँडमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गर्ने र प्रतिगमनतर्फ देशलाइ लैजाने दिवास्वप्न देखिरहेका हुन सक्छन् । तर गठबन्धन वैचारिक र राजनीतिक उद्देश्यको जगमा निर्माण भएको हो । केही असहमति हुन सक्छ तर यो गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने हामी सबैको चाहना हो । यो मूल मर्मबाट कोही दायाँबायाँ हुन्छन्, भने त्यो लोकतन्त्र, संघीयता र हामीले प्राप्त गरेका उपलब्धिमाथि घात हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्