Logo
Logo

जसपाका यी ४ मन्त्रीको पद जाने !


42.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी सत्ता गठवन्धनबाट बाहिरिएसँगै ४ जना मन्त्रीको पद जाने भएको छ ।

जसपाले सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री माेहम्मद इस्तियाक राई र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंहको पद जाने भएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेकाले नयाँ मन्त्री नियुक्त गर्न मिल्दैन । सत्ता गठवन्धनले जम्मा १६ सिट दिने भएपछि जसपा गठवन्धनबाट बाहिरिएर नेकपा एमालेसंग निर्वाचनमा तालमेल गर्ने तयारीमा जुटेको हो।

जसपाले २५ सिट मागे पनि एमालेले भने जम्मा २१ सिट दिन तयार भएको छ ।

प्रतिक्रिया दिनुहोस्