Logo
Logo

प्रचण्ड गोरखा-२ बाट निर्वाचन लड्ने, बाबुरामले दिए यस्तो प्रतिक्रिया


6.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार साँझ बसेको पदाधिकारी बैठकले चितवन-३ छाडेर प्रचण्डलाई गोरखा-२ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि डा. बाबुराम भट्टराईले जित्दै आएको गोरखा क्षेत्र नंबर २ बाट अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने निर्णय भए लगत्तै भट्टराईले पनि प्रचण्डलाई शुभकामना दिएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्,- ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गम थलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट उहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। उहाँको शानदार विजयको हार्दिक शुभकामना !’

डा. भट्टराईले यसअघि गोरखा-२ वाट निर्वाचन नलडने घोषणा गरे लगत्तै माओवादी पदाधिकारी बैठकले गोरखा-२ मा अध्यक्ष प्रचण्डलाई उम्मेदवार बनाएको हो । 

२०६४ सालमा रोल्पा-२ र काठमाडौं-१० वाट निर्वाचित प्रचण्ड, २०७० को निर्वाचनमा काठमाडौं-१० वाट पराजित हुदाँ सिरहा-५ वाट बिजयी भएका थिए भने २०७४ मा चितवन-३ वाट विजयी भएका थिए । उनले २०७९ को निर्वाचनमा भने गोरखा-२ वाट उम्मेदवार हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्