Logo
Logo

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु, २ जना बेपत्ता


567
Shares

फाइलफाेटाे

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी दुई जना बेपत्ता भएको र दुइजना गम्भिर घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । घाइते दुई जनालाई उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको उनले भनाइ छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले तत्काल घाइतेको उद्धार र पुनस्थापनामा लाग्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्