Logo
Logo

 दिनभर सोचेर निर्णय लिन्छु- भीम रावल


50.7k
Shares


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आज दिनभरी सोचेर आफूविरुद्ध भएको अन्यायबारे निर्णय गर्ने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि अछाम–१ का सर्वसम्मत सिफारिसमा परे पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न नपाएका रावलले आज दिनभर सोचेर निर्णय गर्ने बताएका हुन् ।

दृष्टिन्यूजसँग कुरा गर्दै नेता रावलले भने– ‘म गम्भीर अध्ययनमा छु । गम्भीर भएर सोच्दैछु । म माथि अन्याय भएको छ । बेलुकासम्म सोचेर निर्णय लिनेछु छ ।’
एमाले विभाजन हुनुपूर्व माधवकुमार नेपाल समूहमा रहँदै आएका रावल पार्टी विभाजनका क्रममा १० बुँदे सहमति गर्दै पार्टीमै रहेका नेता हुन् ।
चितवनमा सम्पन्न १० औं महाधिवेशनमा रावल पार्टी अध्यक्षका उम्मेदवार थिए । तर, रावल ओलीसँग पराजित भए ।

१० औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष निर्वाचित हुने ओलीको चाहना थियो । तर, रावलले उम्मेदवारी दिएपछि ओलीको त्यो चाहना पूरा भएन । त्यसैको प्रतिशोध साँधेर ओलीले रावललाई टिकट नदिएका हुन् ।

रावलको टिकट खोसिएपछि एमाले अछाममा विद्रोहको तयारी भएको छ । आज दिनभरमा एमालेका धेरै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्