Logo
Logo

भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह, ४० नेताले छाडे एमाले


8.1k
Shares

अछाम । नेकपा एमालेले अछाम-१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि अछाममा विद्रोह भएको छ ।

नेकपा एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका छन् । क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहसहित ४० जनाले एमाले जिल्ला कमिटी अछामलाई सम्बोधन गर्दै पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।

अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनीहरुले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरे पनि केन्द्रले नमानेपछि विद्रोह गर्नुपरेको उल्लेख छ ।

पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावना विपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन् ।

अछाम १ बाट रावलको नाम एकल रुपमा सिफारिस भएर आए पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट दिएका थिएनन् । ओलीले रावलको क्षेत्रमा भपट बोहोरालाई टिकट दिएका थिए । बोहोरा नेकपा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्