Logo
Logo

सभामुखले त्यागे सरकारी सेवा सुविधा, निजी निवास फर्किए


4.9k
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले शनिबारदेखि सरकारी सेवा सुविधा छाडेका छन् । उनी निजी निवासमा फर्किएको उनको सचिवालयले जनाएको छ ।

सापकोटा २०७६ सालमा सभामुख निर्वाचित भएका थिए। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त पदमा सापकोटा निर्वाचित भएका थिए ।

सापकोटाले आगामी निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गरिसकेका छन् । शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरी उनले आफू उम्मेदवार नबन्ने तर सक्रिय राजनीतिमा रहिरहने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्