Logo
Logo

ओलीले पार्टी अपहरण गरेको घनश्यामको आरोप


3k
Shares

काठमाडौं । टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले केपी शर्मा ओलीले पार्टी अपहरण गरेको आरोप लगाएका छन् ।

नेता भुसालले ओलीसँग आफ्नो विभिन्न कुरामा फरक मत भएपछि इर्स्याको रूपमा लिएको टिप्पणी गर्दै भने, ‘कमरेड ओलीसँग मेरो विचार सिद्धान्त, संगठनात्मक सिद्धान्त: हाम्रो मुलुक भूराजनीति विषय लगायतमा फरक मत थियो । त्यसलाई उहाँले व्यक्तिगत इर्स्याको रुपमा लिनुभयो । मैले अन्तिमसम्म भने । तर, मेरो कुरा सुनिएको भए मैले यस्तो निर्णय लिन पर्दैनथ्यो ।’

भुसालले क्रान्तिको सिद्धान्तलाई व्याख्या गर्दा समेत आफूले शान्तिपूर्ण रूपमा गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । भुसालले आफूले व्यक्तिगत कुनै स्वार्थ नभएर पार्टीलाई विधिमा चलाउन खोज्दा एमालेमा कुनै सम्भावना नदेखेको बताए ।

उनले विचारको कुरा गर्दा सधैँ अपमानित भएको बताए । आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ नपाएको भुसालले बताए । ‘मूल्य हराउँदै गएको राजनीतिमा मेरो आलोचना गर्नु स्वाभाविक हो’, उनले भने ।

भुसालले अघि भने, ‘अहिलेको निर्णय १० बुँदेहरूले घुँडा टेक्नुपर्छ भन्ने जस्तै अराजनीतिक प्रचार गराएर जे गर्न खोजिएको छ । त्यसैले त्यो कुरा गलत हो । पार्टीलाई विधि र विधान अनुसार चलाउनुपर्छ भनेको हो ।’

प्रतिक्रिया दिनुहोस्