काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पूर्व एआइजीले टक्कर दिने भएका छन् । सशस्त्र प्रहरी बलका पूर्व एआइजी डा.ठाकुर मोहन श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन् ।
श्रेष्ठ राप्रपाबाट चुनाव लड्न लागेका हुन् । उनी एक महिनाअघि मात्र राप्रपा प्रवेश गरेका थिए । सशस्त्र प्रहरी बलमा आइजिपीकै दौडमा रहेका उनले एआइजीबाटै अवकाश पाएका थिए । अवकाशपछि विभिन्न सामाजिक गतिविधिमा सक्रिय छन् । काठमाडौं क्षेत्र नम्बर ४ मै उनी बस्दै आएका छन् ।
यो क्षेत्रमा एमालेबाट डा.राजन भट्टराई उठ्दैछन् । त्यस्तै शेयर कारोबारबाट चर्चा बटुलेकी राधा पोखरेल पनि यही क्षेत्रबाट उम्मेदवारी दर्ता दिने तयारीमा छिन् ।
कांग्रेस नेता थापाको चर्चा सर्लाही –४ मा भएपनि उनले आफ्नो निर्वाचन क्षेत्र नछाड्ने भएका छन् ।