Logo
Logo

माओवादीले पाएका काठमाडौंका ३ वटै सीटमा महिला


26.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा पाएका ३ वटै क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ ।

काठमाडौं-२ मा पूर्व सभामुख ओनसरी घर्ति, ७ मा मानुषी यमी भट्टराई तथा ९ मा कल्पना धमलालाई टिकट दिएको हो । यसअघि माधव नेपाल निर्वाचित काठमाडौं-२ माओवादीको भागमा परेपछि घर्ती उम्मेदवार बनेकी हुन् ।

यहाँ एमालेबाट मणिराम फुयाँलले उम्मेदवारी दिँदै छन् । २०६४ मा धादिङबाट निर्वाचित धमला यसपटक काठमाडौं-९ बाट लड्न लागेकी हुन् ।

यो क्षेत्रमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ उम्मेदवार छन् । श्रेष्ठ यसअघि ९ नं क्षेत्रबाटै निर्वाचित भएका थिए । मानुषीले पाएको काडमाडौं-७ मा एमालेले उम्मेदवार टुंगो लगाएको छैन ।

यहाँबाट २०७४ सालमा एमालेका रामविर मानन्धर निर्वाचित भएका थिए । ३ जनै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्