Logo
Logo

गोरखा आउँदा गर्व महसुस गरेको छु : प्रचण्ड


2.8k
Shares

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू गोरखाबाट निर्वाचन लड्दा गर्व महसु गरेको गरको बताएका छन् ।

गोरखा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको लागि उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गोरखा आफ्नो लागि परिचित भएका बताए । उनले भने, ‘यहाँ आउँदा मलाई कहाँ आएँ कहाँ आएजस्तो लागेको छैन, परिचित जनता र साथीको बीचमा आएको महसुस गरेको छु ।’

प्रचण्डले गोरखाबाट आफ्ना सहकर्मी डा. बाबुराम भट्टराईले निर्वाचन जितेर अर्थमन्त्री भएको र पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि निर्वाचन लडेकोले आफ्नो लागि यो सुपरिचित जिल्ला रहेको बताए ।

उनले भने, ‘इतिहासको दृष्टिकोण र आधुनिक नेपालको दृष्टिकोणले पनि गोरखा मेरो लागि सुपरिचित छ, मैले यहाँ बसेर भर्खर युवा अवस्थामा अध्यापन गरेको जिल्ला पनि हो ।’गोरखामै पार्टी हेडक्वाटर राखेर जनयुद्धको तयारी गरेको र पहिलो सैनिक तालिम पनि यही गरेको उनले बताए ।

उनले धेरै ठाउँबाट निर्वाचन लडेर रेकर्ड बनाएको समेत बताए । उनले भने, ‘मैले पहिला रोल्पा, काठमाडौं, मधेसमा सिरहा, गृहजिल्ला चितवनबाट निर्वाचन लडेको छु । यसरी देशको पूर्वपश्चिम, मधेस–पहाड घुम्दै चुनाव लड्ने सायद नेपालको इतिहासमा म नै पहिलो भएको छु कि जस्तो लागेको छ, गोरखा आएपछि एउटा रेकर्ड बन्यो भन्ने लागेको छ । गोरखा आउँदा मैले विशेष गर्वको महसुस गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्