Logo
Logo

दशैंमा तास खेल्दा हारजितको विवादमा साथीको हत्या, तीन पक्राउ


3.8k
Shares


काठमाडौं । दशैंमा तास खेल्दा हारजितको विवाद भएपछि साथीकै हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा ११ स्थित ताप्लेजुङ इलाम होटलमा नवीन्द्र गुरुङको हत्या भएको हो । १७ असोजको अष्टमीको दिनमा उनको हत्या भएको हो ।


हत्यामा संलग्न होटल सञ्चालक इन्द्रबहादुर अधिकारी र होटलका स्टाफ अमृत आचार्य पक्राउ परेका हुन् । हत्यामा संलग्न अर्का एक व्यक्ति फरार छन् । हत्या घटना लुकाउन सहयोग गर्ने सोही होटलमा काम गर्ने अमृत आचार्यकी श्रीमती बिमला राईलाई पनि प्रहरीले पक्राउ गरेको हो ।


हारजितको विषयमा विवादपछि गुरुङलाई लोहोरो र चक्कु प्रहार गरी घाइते बनाइएको थियो । पछि नजिकै जग्गामा लगेर फालिएकोमा उनको त्यहाँ मृत्यु भएको थियो । झापा प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी अभियुक्तहरु सार्वजनिक गरेको छ । हत्यामा प्रयोग गरिएका सामानहरु समेत बरामद गरिएको डिएसपी रुगम कुँवरले बताए ।

पक्राउ परेकाउपर कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढेको र फरार रहेका एकको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्