Logo
Logo

कारबाहीमा परेका श्रेष्ठलाई निगममा फेरि क्षेत्रीय प्रमुखको जिम्मेवारी


6.6k
Shares


नेपालगञ्ज । विवादै विवादमा परेपछि कारबाही स्वरुप हटाइएका नपाल वायु सेवा निगमका नेपालगञ्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख किरणमान श्रेष्ठ सेटिङ मिलाएर फेरि सोही कार्यालयमा फर्किएका छन् । नेपालगञ्ज फर्किएलगत्तै फेरि उनको पुरानै धन्दा सुरु भइसकेको छ ।


निगमका विवादास्पद अध्यक्ष युवराज अधिकारीलाई खुशी बनाएर फेरि उनी त्यहाँ फर्किएको एक कर्मचारीले बताए । उनी फर्किएसँगै दुर्गमको टिकटमा कालोबजारी र कार्यालयभित्र अनियमितता पुन सुरु भएको छ ।


सोमबार बिहान एक यात्रुमाथि काउन्टरमै निगमका कर्मचारीबाट दुव्र्यवहार भएको छ । यात्रु देवलाल कुमाईमाथि यस्तो दुव्र्यवहार भएको थियो । त्यसबारे जानकारी गराउन उनी कार्यालय प्रमुख श्रेष्ठकोमा गएकोमा उनी अनुपस्थित थिए ।
निगमको नेपालगञ्ज कार्यालयमा दुर्गमको टिकटका लागि ठूलो चलखेल हुँदै आएको छ । सिमिकोटको उडानमा कालोबजारीमार्फत श्रेष्ठले २० हजार रुपैयाँसम्म लिने गर्दथे । दलाल तथा ट्राभलसँग मिलेर टिकट लुकाउने र कालोबजारीमा बिक्रि हुने गरेको छ । कतिपय व्यक्तिलाई टिकट बिना समेत उडाउने गरिएको समेत स्रोत बताउँछ । यसरी लामो समय बिकृतीको अखडा बनाएका श्रेष्ठलाई चार महिनाअघि त्यहाँबाट हटाइएको थियो । अहिले फर्किएर फेरि उनले पुरानो धन्दा सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्