Logo
Logo

कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने


0
Shares

कालिकोट । लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ ।

कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ ।

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।

कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए ।

यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरामा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्