Logo
Logo

रौतहटमा सता गठबन्धनबाटै बागी उम्मेदवारी


7.4k
Shares

रौतहट । रौतहटमा सत्ता गठबन्धनमै रहेका दलका प्रतिनिधिले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि गठबन्धनमा आवद्ध दलहरूबीच विवाद सुरू भएको छ । रौतहटका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा सता गठबन्धनमै रहेका दलले बागी उम्मेदवारी दिएका हुन् ।

सहमतिअनुसार क्षेत्र नम्बरमा सता गठबन्धनमा रहेको माओवादी केन्द्रको भाग परेको थियो । यहाँ माओवादीका धिरज भन्ने रवीन्द्र पटेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका थिए । एमाले गठबन्धनबाट स्थायी समिति सदस्य प्रभु साहले टिकट पाएर पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराए । लगत्तै कांग्रेसका महाधिवेशन प्रतिनिधि ओमप्रकाश जयसवालले पनि प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीलाई पटक पटक आग्रह गर्दा पनि टिकट नदिएकाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको जयसवालले बताएका छन् । यसैगरी केन्द्रीय सहमतिअनुसार रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा कांग्रेसलाई , प्रदेश ‘क’ माओवादी केन्द्र र प्रदेश ‘ख’ एकीकृत समाजवादीको भागमा परेको थियो ।

सहमतिअनुसार कांंग्रेसबाट प्रतिनिधिसभामा देवप्रसाद तिमल्सिना, प्रदेश ‘क’ का माओवादी केन्द्रका युवराज भट्टराई ‘समिर’ र प्रदेश ‘ख’ एकीकृत समाजवादीका शेख सतार संयुक्त रुपमा गठबन्धनको तर्फबाट जुलुससहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

तर, उनीहरूले मनोनयन दर्ता गरेको केही समयपश्चात एकीकृत समाजवादीको तर्फबाट पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा हस्ताक्षरित पार्टीको आधिकारिक टिकट बोकेर बालकृष्ण श्रेष्ठले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए ।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने आफूहरूले गठबन्धनमा सहमति गरेर मित्रवत प्रतिष्पर्धा गर्न उम्मेदवारी दर्ता गरेको बताएका छन् । तर, माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष टीका आचार्यले कुनै सरसल्लाह नगरी एकीकृत समाजवादीको तर्फबाट उम्मेदवारी दर्ता भएको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्