Logo
Logo

नेपाली सेनामा असन्तुष्टि बढ्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । नेपाली सेनामा नयाँ सेनापति नियुक्तिपिच्छे नै नयाँ नियमका कारण नेपाली सेनामा अधिकृतहरुको ‘करिअर’ चौपट हुन थालेको गुनासो छ । बढुवा तथा तालिमसम्म प्रावधानहरु सेनापति परिवर्तन भएसँगै नेपाली सेनामा फेरिन थालेका छन् ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि नीतिगत रुपमा धेरै हेरफेर गरिसकेका छन् । उनले सुरुमा फाष्टट्रयाक बढुवा प्रणाली हटाए । गौरवशम्शेर राणा सेनापति हँुदा सेनामा यो नियम लागू गरिएको थियो । निश्चित पदमा वरिष्ठताभन्दा कार्यक्षमता हेरेर बढुवा गर्ने भन्दै पावरफूल अधिकृतहरुको फास्टट्रयाक शैलीमा बढुवा गर्न थालियो । जसकारण ठूलो संख्यामा सैनिक अधिकारीहरु बढुवा नभई रुँदै घर जानुपर्ने अवस्था आयो । कतिपय त अदालतसमेत पुगे । प्रधानसेनापति थापाले त्यो नियम हटाए । यसलाई धेरैले सकारात्मक रुपमा नै लिएका छन् ।

तर, थापाले लागू गर्न लागेको अर्काे प्रावधानले भने सेनामा असन्तुष्टि देखिएको छ । स्टाफ कलेज गरेका मेजरहरुलाई गुल्मको इन्चार्ज नदिने नियम बनाएका छन् । स्टाफ कलेज पास गर्न नसकेकाहरुलाई नयाँ एउटा तालिम दिएर उनीहरुलाई मात्र गुल्मपति बनाउने नियम कार्यान्वायनमा अघि बढेको छ । यसले सेनामा क्षमतावान जनशक्तिमाथि अन्याय गरेको भनेर सेनापतिको आलोचना भएको छ ।

स्टाफ कोर्स नगरेका अधिकृतहरु मेजरबाट माथि बढुवा हुन पाउँदैनन् । स्टाफ कोर्स गर्न नसकेपनि कतिपय राम्रा अधिकृत हुने र उनीहरुले जागिर छोड्ने सम्भावना रोक्न भन्दै नयाँ प्रस्ताव अघि बढाइएको हो । जसअनुसार स्टाफ कोर्स गरेका र भविष्यमा माथि पुग्ने अधिकृतहरुको भने गुल्मपति हुने सम्भावना न्यून भएको छ । जसले सेनामा निराशा छाएको छ ।

सेनामा अधिकृत तहमा भर्ना भएकामध्ये करिब आधाले मात्र स्टाफ कलेज गर्न सक्छन् । वर्षमा करिब एक सय अधिकृत सेनामा भर्ना हुन्छन् । तर, स्टाफ कलेजको कोटा नै करिब ५०÷६० जनाको मात्र रहेको छ । जसअनुसार ठूलो संख्यामा सैनिक अधिकारी मेजरबाटै अवकाश पाउँदछन् ।

प्रतिक्रिया दिनुहोस्