काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
पार्टीका महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी गर्दै पार्टीको सहमतिविपरीत उम्मेदवारी दिएकाहरुलाई बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका हुन् ।
‘आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका सन्दर्भमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका हाम्रो पार्टीका सबै साथीहरूलाई निर्धारित समय २०७९ असोज २६ गते दिउसो १ बजेभित्र आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन गरिन्छ,’ महासचिव भुसालले भनेका छन् ।
पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायम राखेमा पार्टीले कारबाही गर्ने पनि एककिृत समाजवादीले जनाएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नगरे सम्बन्धीत पार्टीले कारबाही गर्ने बैठकले निर्णय गरेको थियो ।