काठमाडौं । रुसको एक वित्तिय निगरानी गर्ने संस्था रोजफिन मोनिटरिङले अमेरिकाको प्रविधि कम्पनी मेटालाई आतंकवादीको सूचीमा राखेको छ । मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सञ्चालन गर्ने कम्पनी हो ।
युक्रेनसँग युद्ध सुरु गरेसँगै रुसले मार्चमा फेसबुक र इन्स्टाग्राम प्रतिबन्ध लगाएको थियो । मस्कोको एक अदालतले रुसी निर्णयलाई पुनर्विचार गर्न भनेपनि मेटाको अपील अस्वीकार गरेको छ ।
अलजजिराले जनाएअनुसार अदालतको निर्णयसँगै मेटाले रुसमा तालिवान र रुसकै विपक्षी समूहजस्तै आतंकवादीजस्तै अतिवादीको सूचिमै रहनेछ भने प्रयोगकर्ताले सामाजिक सञ्जालको प्रयोग गर्न पाउने छैनन् ।
इन्टरफ्याक्स समाचार संस्थालाई हवाला दिँदै अलजजिराले मेटाका वकिलले आफ्नो प्लेटफर्ममा कुनै चरमपन्थी गतिविधि नचलाइएको बताएका छन् । मार्चदेखि नै रुसमा फेसबुक चल्न छाडेपनि कतिपय प्रयोगकर्ताले भीपीएनमार्फत चलाइरहेका छन् ।
रुस–युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै रुसले अमेरिकाको चर्चित प्रविधि कम्पनी मेटाविरुद्ध प्रतिबन्ध लगाएको हो ।