Logo
Logo

दीपक मनाङे निर्विरोध निर्वाचित !


11.8k
Shares

पोखरा, २६ असोज । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र उमेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

हाल गण्डकीका युवा तथा खेलकुदमन्त्री रहेका गुरुङ निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । उनीसँग प्रतिस्पर्धाका लागि स्वतन्त्र उमेदवार दिएका दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्म समय दिएको छ ।

उम्मेदवारी फिर्ताका लागि दोर्जेलामा गुरुङल निर्वाचन कार्यालयमा आज बिहान १० बजे निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताए ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्ने छ भने दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् । मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा एमाले र अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्