Logo
Logo

प्रहरीको हाकिम हुँ भन्दै ब्यापारी ठग्ने पक्राउ


504
Shares

मोरङ । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरे छन् । उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सोही महानगरपालिका–१५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्