Logo
Logo

मेरो राजनीति सुरुवातकाे थलाे हाे गोरखा : प्रचण्ड


3.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले राजनीति सुरुवात सरूवात गरेकाे मुख्य थलो नै गोरखा भएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गर्दै अध्यक्ष पूचण्डले भनेका छन्, ‘मैले अध्यापन गरेको जिल्ला पनि हो गोरखा । मैले राजनीतिको मुख्य क्षेत्र गोरखालाई नै बनाएको थिएँ ।’

२०७४ सालमा चितवन ३ बाट निर्वाचिन भएका प्रचण्डले आगामी निर्वाचनमा गोरखा–२ मा उम्मेदवारी दिएपछि त्यसको चर्चा र आलोचना भइरहेको छ । यसैबेला प्रचण्डले यस्तो बताएका हुन् । उनले निर्वाचन क्षेत्र बदल्ने आफ्नो विशेषता बनेको समेत बताउँदै भनेका छन्, ‘म गोरखा जाँदा त्यहाँको विकास निर्माणलाई राम्रो गर्छु भनेरमात्रै म गोरखा गएको हो ।’

उनले चितवनका सबै जनप्रतिनिधिले आफूलाई जिताउने प्रतिबद्धता जाहेर गरेको पनि बताएका छन् । ‘मैले चितवन छाडेपछि दुई–चार दिन स्तब्ध थियो । त्यसैले मैले चितवनका जनताप्रति आभार व्यक्त गर्नुपर्छ’ उनले भनेका छन्, ‘चितवनबाट जित्छु भन्नेमा ढुक्क थिएँ । मेरो निर्वाचन क्षेत्र परिर्वतन गर्ने विशेषता पनि बनेको छ ।’

उनले अब गोरखा–२ मा देश–विदेशका शक्तिहरुको ध्यान केन्द्रित हुने बताएका छन् । पक्ष र विपक्षमा विभिन्न टीकाटिप्पणी हुने भएकाले एकताबद्ध भएर प्रतिवाद गर्नसमेत उनले गठबन्धन दलका नेताहरुलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्