Logo
Logo

राजु गुरूङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्चाउन माग गर्दै ज्ञापन पत्र


6.3k
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका सत्तारुढ गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय सच्चाउन र तालिका परिवर्तन गर्न गठबन्धनले निर्वाचन अधिकृतलाई ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार निर्वाचन आयोगले रूपन्देहीको प्रतिनिधि सभा तर्फको निर्वाचन क्षेत्र नं. २ बाट सत्तागठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका गुरूङको उम्मेदवारी रद्द गरिदिएको थियो ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै गुरूङको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य मनोनयन खारेज गरेको जनाएका थिए ।

उक्त निर्णय सच्याउन माग गर्दै गबन्धनले ज्ञापन पत्र बुझाएको हो । प्रतिनिधिसभा उम्मेदवार मुद्दा नहालेको र कुनै संख्याले निर्वाचन आयोगमा रिपोर्ट गरेको सत्ता गठबन्धनको दाबी छ । उनी एमालेका उपाध्यक्ष विष्णु पौडेलसँग प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस्