Logo
Logo

चितवन-३ : ओलीको पत्रले एमालेका उम्मेदवारको नाम सूचीबाट हट्यो


6.5k
Shares

चितवन,। आगामी मंसिरमा चार गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी फिर्ता गर्न पत्र पठाएपछि चितवन–३ का उम्मेदवार न्यौपानेकोको नाम उम्मेदवारी सूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गर्ने भएको छ । चितवन–३ मा माओवादी केन्द्रको तर्फबाट भोजराज अधिकारी उम्मेदवार बनेका छन् । उनलाई सत्ता गठबन्धनको साथ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्