Logo
Logo

साढे ४ लाख नगदसहित १९ जना जुवाडे पक्राउ


567
Shares

चितवन । चितवन र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा साँढे चार लाख नगदसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवानको खैरहनी नगरपालिका- ३ उनान्टोल बस्ने ४२ बर्षीय चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको अवस्थामा चिरञ्जिवी लगायत ७ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २४ हजार ५ सय २० रुपैयाँ र एक बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, बाँकेको कोहलपुर नगरपालिका- ११ न्यूरोडस्थित म्याक्स होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका- ११ बस्ने ३५ वर्षीय उपेन्द्र राना लगायत १२ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३१ हजार १ सय ८० रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

प्रतिक्रिया दिनुहोस्