Logo
Logo

भीम रावलको प्रश्न- आधा समय अस्पतालमा बिताउने ओली कसरी उम्मेदवार बने ?


24.2k
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उमेरले वृद्ध र शारीरिक रुपमा अशक्त भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवारीमा प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ को उम्मेदवारका लागि एकल सिफारिस भए पनि पार्टीले टिकट नदिएपछि पत्रकार सम्मेलन गर्दै नेता रावलले आधा समय अस्पतालमा बिताउँने ओली कसरी उम्मेदवार बन्न योग्य भए भन्दै प्रश्न उठाएका हुन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता रावलले अध्यक्ष ओली उमेरले वृद्ध र शारीरिक रुपमा अशक्त भए पनि उम्मेदवार बन्न पाउने तर देश र जनताका लागि निरन्तर काम गर्दै आएको आफूले उम्मेदवार बन्न नपाउने कारण के हो भन्दै प्रश्न गरेका छन् ।

नेता रावलले भने– ‘झण्डै दुईतिहाइको प्रधानमन्त्री हुँदा आधाभन्दा धेरै समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने तर देश र जनताको हित एवं सरोकारका विषयमा निरन्तर संसद् र संसदीय समितिमा सक्रियताका साथ आवाज उठाउने र कानुन निर्माणमा क्रियाशील रहनेले क्षेत्र, जिल्ला र प्रदेशबाट सर्वसम्मत एकल सिफारिस हुँदा पनि उम्मेदवार हुन नपाउने किन ?’

नेता रावलले अध्यक्ष ओलीले अन्त्यनै संवेदनशील विषयमा समेत आँखा चिम्लने गरेको र आफूलाई मन लागेको बेला मात्र संसद् बोल्ने गरेको समेत आरोप लगाएका छन् ।

रावलले भने– ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसद्‌मा अत्यन्तै संवेदनशील विषयमा समेत सहभागी नहुने, आफूलाई बोल्न मन लागेको बेला मात्र अरुलाई उपस्थित हुन उर्दी गरेर झुल्किने । यस्ता व्यक्तिलाई कसरी नेतृत्वको रुपमा स्वीकार्न सकिन्छ ? यो ठीक छैन ।’

नेता रावलले आफूलाई हराउन नसक्ने भएपछि पार्टीले नै टिकट खोसेको आरोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस्