काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक सत्यनारायण यादवको हत्यामा संलग्न रहेको आरोपमा एक जजान पक्राउ परेका छन् ।
सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादवको हत्यामा संलग्नता रहेको आरोपमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परेका हुन् ।
असोज २० गते यादवलाई मृत अवस्थामा नेपाल–भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ भेटिएको थियो । यादव बीओपी छिन्नमस्तामा कार्यरत थिए । अत्या आरोप लागेका जवान खत्री पनि यादवसँगै त्यही बीओपीमा कार्यरत थिए।
घटनापछि राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्कालाई हेडक्वार्टर तानिएको छ ।
खत्रीले युवती प्रयोग गरेर यादवको हत्या गराएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।