एजेन्सी । श्रीलंका सरकारले म्यानमारलाई चार करोड अमेरिकी डलर बराबरको कोभिड–१९ विरुद्धको खोप सहयोग गर्ने भएको छ । स्वास्थ्यमन्त्री केहेलिया रम्बुक्वेलाले शुक्रबार यहाँ पत्रकारहरुलाई बताएका छन् ।
उनले श्रीलंकासँग फाइजर भ्याक्सिनको ९० लाखभन्दा बढी डोज रहेको र म्यानमारलाई ६० लाख दिने योजना रहेको बताएका छन् ।मन्त्रीले रम्बुक्वेलाले यो वर्षको अन्त्यसम्ममा खोपको म्याद सकिने बताएका छन् । श्रीलंकाका अधिकारीहरूले म्यानमारमा खोपहरू पु¥याउन विश्व स्वास्थ्य संगठनसँग काम गरिरहेका रामबुक्वेलाले बताएका हुन् ।