Logo
Logo

डुंगा डुब्दा ८ बालबालिकाको मृत्यु


315
Shares

एजेन्सी । कम्बोडियामा अंग्रेजी कक्षाबाट घर लैजाँदै गरेको डुंगा मेकोङ नदीमा डुब्दाँ कम्तीमा आठ बालबालिकाको मृत्यु हुनुको साथै अन्य तीन जना बेपत्ता भएका प्रहरीले शुक्रबार जनाएको छ ।

सानो डुंगामा क्षमता भन्दा बढी व्यक्ति सवार रहेको कारण दक्षिणपूर्वी कान्डल प्रान्तमा आफ्नो गन्तव्यबाट करिब ५० मिटर टाढा डुबेकोस्थानीय प्रहरी प्रमुख एम थाउले एएफपीलाई बताएका छन् ।

‘यो दुखद दुर्घटना आठ विद्यार्थीको मृत्यु भएको छ र तीन विद्यार्थीहरू पानीमा डुबेर बेपत्ता छन् ’ थाउले भनेका छन् । पीडितहरू १२ देखि १५ वर्षका रहेका जनाइएको छ । दुई वयस्क ,डुंगा सञ्चालक र दुई विद्यार्थीको उद्धार गरिएको उनले बताएका छन् ।

एक फेसबुक पोस्टमा, प्रधानमन्त्री हुनसेनले आफ्नो शोक व्यक्त गर्दै मेकोङको बढेको भारी बाढीको समयमा मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन् । डुंगा दुर्घटनाहरु दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा सामान्य छन् । नदीको किनारमा बस्ने मानिसहरू यातायातको प्रमुख साधनको रुपमा डुंगा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्