Logo
Logo

जनमोर्चाद्वारा अर्घाखाँचीको ‘क’बाहेक अन्य उम्मेदवारी फिर्ता


6.1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीको क्षेत्र ‘क’बाहेक प्रदेशसभातर्फको उम्मेदवारी फिर्ता लिएको छ । अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै पाँचदलीय गठबन्धनबीच भएको सहमतिअनुसार पार्टीले उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बताएका छन् ।

राजमोले प्रदेशसभामा अर्घाखाँचीको क्षेत्र ‘क’मा सागर केसीको उम्मेदवारी दिएको छ । केसी पाँचदलीय गठबन्धनको साझा उम्मेदवार हुन् । यस्तै, गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ बागलुङ १ मा अध्यक्ष केसी र प्युठानमा उपाध्यक्ष दुर्गा पौडेलको उम्मेदवारी कायम छ ।

प्रतिक्रिया दिनुहोस्