Logo
Logo

सरस्वतीले तोडिन् राष्ट्रिय कीर्तिमान


567
Shares

पोखरा । शुक्रबारदेखि पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको महिला १०० मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन् ।

शनिबार भएको दौडमा ओलम्पियन सरस्वतीले हिट चरणमा निशा चौधरीले बनाएको कीर्तिमान तोड्दै स्वर्ण जितेकी हुन् । उनले १२.१३ सेकेण्डमा दौड पूरा गरेर राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

यसअघि हिटमा लुम्बिनीकी निशा चौधरीले १२.१५ सकेण्डको कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने निशाले निर्धारित दुरी पूरा गर्न १२.२२ सेकेण्डको समय लगाइन् र उनले रजत पदक जितिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेण्ड समय सहित कास्य जितेकी छन् ।

सरस्वतीले बनाएको कीर्तिमान ‘ह्याण्ड टाईमिङ कीर्तिमान’ हो । यसअघि उनले आठौं राष्ट्रिय खेलकुदमा १२.१९ सेकेण्डसहित स्वर्ण जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्