Logo
Logo

पिपुल्स पावरको आईपीओमा आइतबारसम्म आवेदन दिन सकिने


1.4k
Shares

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहका लागि आफ्नो जारी पूँजी ३ अर्ब २० करोडको १० प्रतिशतले हुन आउने ३२ लाख कित्ता आईपीओ निष्कासन गरेको हो।

उक्त आईपीओमध्ये आयोजना अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका-९ का स्थानिय बासिन्दाका लागि ३० प्रतिशत र लमजुङ जिल्लाका स्थानीय बासिन्दाका लागि ७० प्रतिशत शेयर बाँडफाँट गरिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता शेयरका लागि आज वैकिङ समयसम्म आवेदन दिने सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्