Logo
Logo

राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगी संक्रमण पुष्टी


252
Shares

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगी संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगी संक्रमण देखिएको हो ।

शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगी पुष्टी भएको टीम कोच राजन नेपालीले जानकारी दिए । उनका अनुसार डेंगी पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छिन् ।

यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ । संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छिन्

प्रतिक्रिया दिनुहोस्