Logo
Logo

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ


1.2k
Shares

काठमाडौं । नेपाली बजारमा आइतबार पहेँलो धातु सुनको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो।

आज घटेको मुल्यसहित छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ६ सय कायम भएको छ ।

आइतबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्