Logo
Logo

सत्यमोहनको पार्थिव शरीर ललितपुर महानगर परिसरमा


1.4k
Shares

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगर परिसरमा राखिएको छ । यसअघि केही समय किष्ट अस्पतालमा राखिएको थियो ।

अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जली दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जली दिनेछन् ।

सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अपराह्न ४ बजे पुनः अस्पतालमा पुर्याइने छ । जोशीको शव नजलाइ अध्ययनका लागि राखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्