Logo
Logo

सी जिनपिङले ताइवान र हङकङबारे के भने ?


1.4k
Shares

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनसँग पुर्नएकता गर्नका लागि ‘बल प्रयोग गर्नसमेत पछि नपर्ने’ आशय व्यक्त गरेका छन् ।

आइतबार बेइजिङमा सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सीले घुमाउरो पारामा ताइवानलाई चीनमा गाभ्न सक्ने आशय व्यक्त गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका सीले भने, ‘ताइवानलाई पुर्नएकता गर्नका लागि बेइजिङले बल प्रयोगलाई अस्वीकार गर्ने बाचा कहिल्यै गर्दैन र, त्यसमा हाम्रो देशको पूर्ण पुर्नएकता महसुस गर्ने हुँदा ।’ राष्ट्रपति सीले यसो भनिरहँदा हलमा भरिभराउ प्रतिनिधिहरूले लामो ताली बजाएका थिए ।

चीनले ताइवनालाई आफ्नो भूभाग दाबी गर्ने गर्दै आएको छ । तर, स्वशासित ताइवानले आफूलाई मुख्य भूमिभन्दा भिन्न ठान्दै आएको छ ।

यस्तै, राष्ट्रपति सी जिन्पिङले आफ्नो विवादास्पद शून्य कोभिड रणनीतिको बचाउ गरेका छन् । शून्य कोभिडलाई उनले भाइरसको फैलावट रोक्न गरिएको पूर्ण आकारको जनताको लडाइँ भएको बताए ।

बिहीबारमात्रै बेइजिङमा लामो समयको लकडाउनले गर्दा पीडित बनेका व्यवसायी र सर्वसाधारणले सीको आलोचना गर्दै विरोध कार्यक्रम गरेका थिए । उनीहरुले दुर्लभ र नाटकीय रूपमा हुने आमविरोधमा सी र शून्य कोभिड नीतिको आलोचना गरेका थिए ।

यस्तै, हङकङका विषयमा सीले त्यहाँ नियन्त्रण कायम गर्दै ‘भद्रगोलबाट शासन’को अवस्था सिर्जना गरेको टिप्णी गरे । बेइजिङले उक्त भूभागमा सन् २०१९ मा भएका प्रजातन्त्र पक्षधर प्रदर्शनहरूपछि कडा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको छ । सीले चीनको राजनीतिक संस्थापनका विभाजनलाई उद्धृत गर्दै उनको शासनले ‘पार्टीमा गम्भीर अदृश्य खतराहरू’लाई हटाएको दावी गरे ।

चीनको नेतृत्व सम्हालेयता उनले व्यापक दायरामा भ्रष्टाचारसम्बन्धी कारबाहीहरू गरेका छन्, जसमा पार्टीका उच्च तहका नेताहरू समेत परेका छन् । तर, आलोचकहरूले त्यसलाई राजनीतिक सफायाको रूपमा व्याख्या गर्दै आएका छन् ।

पार्टी नेताहरूको चयन गर्न र मुख्य नीतिहरूमा बहस गर्नका लागि झण्डै २,३०० नेताहरू यतिखेर बेइजिङमा भेला भएका छन् । कङ्ग्रेस प्रतिनिधिहरूले यसबिचमा पोलिटब्युरो स्थायी समितिसहित कैयौँ नेताहरू निर्वाचित गर्ने अपेक्षा गरिएको छ ।

पोलिटब्युरोलाई चीनको राष्ट्रपतिय मन्त्रीमण्डल सरह ठानिन्छ । तर, जानकारहरूका भनाइमा २०औँ पार्टी कंग्रेसमा सी जिन्पिङको एउटा मात्र पक्ष भएको देखिन्छ । यस कंग्रेसमा उनले महासचिव र सेनाध्यक्षको कार्यकाल थप गर्ने ठानिएको छ ।

दशकौँ लामो परम्पराभन्दा भिन्न प्रतिनिधिहरूले सीलाई यस सम्मेलनमार्फत् तेस्रो कार्यकालका लागि पार्टी प्रमुख बनाउने सम्भावना छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेताका रूपमा तेस्रो कार्यकालले सीलाई माओत्सेदोङ पछिको सबैभन्दा शक्तिशाली नेता हुने बाटो खोल्नेछ ।

प्रतिक्रिया दिनुहोस्