Logo
Logo

राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश


30.2k
Shares

काठमाडौं । सर्वोच्च अदालतले रुपन्देही–२ मा प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका राजु गुरुङको उम्मेदवारी खारेज नगर्न आदेश दिएको छ ।

नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो । 

सर्वोच्चले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ भने निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।

निर्वाचन अधिकृत उदवीर नेपालीले २६ असोजमा बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरेका थिए । 

उम्मेदवारी खारेज भएपछि गुरुङ त्यसविरुद्ध सर्वोच्च पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्